कोरोना नियन्त्रणको निम्ति समय भएपनि सरकारले गम्भीरता नदिँदा बिकराल समस्याः नेतृ कोईराला

कोरोना नियन्त्रणको निम्ति समय भएपनि सरकारले गम्भीरता नदिँदा बिकराल समस्याः नेतृ कोईराला३१

 

बैसाख, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् पुर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले कोरोना नियन्त्रणका लागि सरकारसंग पूर्व तयारीको निम्ति प्रयाप्त समय थियो तर त्यसमा गम्भीरता पुर्बक ध्यान नदिएर अन्य बिषयहरुमा अल्झिदा अहिलेको बिकराल समस्या आएको दाबी गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मृत्युलाइ आफ्नै अगाडी देख्दा पनि बिरामीले निरिह भएर उपचार अभाबमा टुलुटुलु हेरिरहनु पर्ने विवशता आएको भन्दै चिन्ता ब्यक्त गरेकी छन् । नेतृ कोईरालाले सरकारको सम्पूर्ण ध्यान यो महामारी संग लड्न केन्द्रित होस् र अक्सिजन लगायत आबस्यक स्वास्थ्य सामग्रीको नियमित उपलब्ध गराई उपचारको बाताबरण सिर्जना गर्न नेपाल सरकार समक्ष अनुरोध गरेकी छन् ।
उनले भनेकी छन्, देश आज चरम स्वास्थ्य संकटबाट गुज्रिरहेको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। बिरामीहरुले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुबिधा पनि अस्पताल बाट पाउन सक्ने अवस्था छैन।  नेतृ कोईरालाको स्टाटस्ः देश आज चरम स्वास्थ्य संकटबाट गुज्रिरहेको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। बिरामीहरुले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुबिधा पनि अस्पताल बाट पाउन सक्ने अवस्था छैन। मृत्युलाइ आफ्नै अगाडी देख्दा पनि बिरामीले निरिह भएर उपचार अभाबमा टुलुटुलु हेरिरहनु पर्ने विवशता छ। सरकारसंग पूर्व तयारीको निम्ति प्रयाप्त समय थियो तर त्यसमा गम्भीरता पुर्बक ध्यान नदिएर अन्य बिषयहरुमा अल्झिदा अहिलेको बिकराल समस्या आएको हो। तसर्थ, सरकारको सम्पूर्ण ध्यान यो महामारी संग लड्न केन्द्रित होस् र अक्सिजन लगायत आबस्यक स्वास्थ्य सामग्रीको नियमित उपलब्ध गराई उपचारको बाताबरण सिर्जना गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछु।

Link :-https://www.suryakhaabar.com

Scroll to Top