सुजाताले शान्ति सम्झौताको तस्बिर राख्दै भनिन्ः प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानविपरितका कदम

काठमाडौं, १५ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरितका कदमहरु चालिरहेको आरोप लगाएकी छिन् । उनले संविधान कार्यान्वयन र संरक्षण गर्छु भनी शपथ खाएका राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान विपरितका कदमहरु चालिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेकी छिन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको तस्बिर राख्दै सुजाताले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबैलाई प्रेरणा दिन सकोस् भन्ने कामना समेत गरेकी छिन् ।

Scroll to Top